अर्थमन्त्री महाधिवेशनमा व्यस्त हुँदा धितोपत्र बोर्डका अध्यक्ष भट्टको सपथ र पदभारमा ढिलाइ

गत शुक्रबार मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरे पनि उनले अझै कार्यभार सम्हाल्न पाएका छैनन् ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल भट्टको सपथ तथा पदभार ग्रहणमा ढिलाइ भएको छ । गत शुक्रबार मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरे पनि उनले अझै कार्यभार सम्हाल्न पाएका छैनन् ।

यसको मुख्य कारण अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काठमाडौंमा उपस्थित नहुनु हो । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीको महाधिवेशनका लागि अहिले पनि चितवनमै छन्। त्यसैले अब महाधिवेशन सम्पन्न भएर वाग्ले काठमाडौंमा फर्किएपछि मात्रै भट्टको सपथ तथा पदभार ग्रहण हुने देखिएको हो । गत वैशाख १५ गते अध्यक्षका लागि आवेदन आह्वान गरिएको थियो । तोकिएको अवधिमा ४७ जनाले आवेदन दिएकोमा सरकारले भट्टलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।