सुनको मूल्य ३२ सयले बढ्दा चाँदीमा १७० रुपैयाँको बृद्धि

आज सुन प्रतितोला ३ हजार २०० रुपैयाँले बढेर ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदी आज १७० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ५९५ रुपैयाँ कायम भएको छ ।

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार २०० रुपैयाँले बढेर ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै आइतबार सुन तोलाको ३ लाख १० हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउमा पनि बढेको छ । चाँदी आज १७० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ५९५ रुपैयाँ कायम भएको छ । हिजो भने चाँदी ५ हजार ४२५ मा कारोबार भएको थियो ।