१९ खर्बको आयातमा : पहिलो नम्बरमा डिजेल, शीर्ष वस्तुमा कुन–कुन परे?

आयात धेरै हुने वस्तुको सूचीमा दोस्रो नम्बरमा भटमास तेलको कच्चा पदार्थ छ । कच्चा भटमास तेल एक खर्ब १९ करोड ६३ लाख रुपैयाँको ७२ करोड ६४ लाख लिटरभन्दा बढी आयात भएको छ ।

काठमाडौँ । भन्सार विभागका अनुसार डिजल एक खर्ब ५२ करोड रुपैयाँको भित्रिएको हो । चालु आर्थिक वर्ष जेठसम्म १२ लाख ६४ हजार ८७४ किलोलिटर डिजल आयात भएको छ ।

आयात धेरै हुने वस्तुको सूचीमा दोस्रो नम्बरमा भटमास तेलको कच्चा पदार्थ छ । कच्चा भटमास तेल एक खर्ब १९ करोड ६३ लाख रुपैयाँको ७२ करोड ६४ लाख लिटरभन्दा बढी आयात भएको छ ।

तेस्रो स्थानमा पेट्रोल छ । ११ महिनामा ६८ अर्ब १७ करोड रुपैयाँको ६ लाख ८५ हजार किलोलिटर पेट्रोल आयात भएको छ । चौथो स्थानमा स्पन्ज आइरन छ । स्पन्ज आइरन ५३ अर्ब ६९ करोड रुपैयाँको १ अर्ब २२ करोड केजीभन्दा बढी भित्रिएको छ ।

त्यस्तै, एलपी ग्यास ५२ अर्ब २१ करोड रुपैयाँको ४७ करोड ५९ लाख केजी र स्मार्ट फोन ४३ अर्ब ४५ करोड रुपैयाँको २० लाख ४१ हजार थान आयात भएको छ । गत आर्थिक वर्ष ११ महिनामा १ खर्ब १५ अर्बको डिजल, ९५ अर्बको कच्चा भटमास तेल, ५८ अर्ब ५८ करोडको पेट्रोल, ५७ अर्ब ३६ करोडको एलपी ग्यास, ४५ अर्ब ७१ करोडको स्पन्ज आइरन र ३२ अर्बको स्मार्ट फोन आयात भएको थियो । समग्रमा, राष्ट्रिय उत्पादन कमजोर रहँदा इन्धन, औद्योगिक कच्चा पदार्थ र विलासिताका सामानका लागि नेपालको वैदेशिक निर्भरता झन् बढ्दै गएको तथ्याङ्कले स्पष्ट पार्छ ।