ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट
जस अनुसार चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख तथा पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख रहेको छ ।
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का ७ अर्ब ४८ करोड ८७ लाखको बजेट ल्याएको छ ।
बुधबार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएका हुन् ।
जस अनुसार चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख तथा पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख रहेको छ । महानगरले जेठ मसान्तसम्म कुल ३ अर्ब ४३ करोड ७६ लाख अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको जनाएको छ । जसमध्ये चालुतर्फ ७२ प्रतिशत र पुँजीगततर्फ ४१ प्रतिशत खर्च भएको छ । महानगरले आगामी वर्षका लागि स्थानीय कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्धन विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा हरियाली प्रवर्धन जस्ता विषयलाई प्राथमिकता दिएको छ ।