सुन तोलामा ८ सयले बढ्दा चाँदी ५५ रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ७८ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४ हजार १८० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४ हजार २३५ मा कारोबार भएको थियो ।