बर्दिया-२ मा रास्वपाका श्रीधर पोखरेल निर्वाचित

पोख्रेलले २९ हजार ६७८ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका किशोरसिंह राठोरले २० हजार ४०२ मत ल्याए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्थले १९ हजार १८० मत पाउँदा एमालेकी विमला विकले १० हजार ७७२ मत पाइन् ।

बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का श्रीधर पोखरेल निर्वाचित भएका छन् ।