डेरी उद्योग संघको अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन, यस्तो छ नयाँ कार्यसमिति
बुधबार संघको १७औं वार्षिक साधारण सभाले पोखराको सुजल डेरीका संचालक निरञ्जनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
काठमाडौँ । दुग्ध प्रशोधन उद्योगहरुको छाता संस्था डेरी उद्योग संघमा निरञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । बुधबार संघको १७औं वार्षिक साधारण सभाले पोखराको सुजल डेरीका संचालक निरञ्जनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा आधुनिक डेरी प्रालिका विश्वराज बस्नेत, महासचिवमा जय श्री कृष्ण डेरी प्रालिका सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रालिका कुलप्रसाद घिमिरे चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा बीडीसी फूड तथा भवानी डेरी प्रालिका देवरथ बराल, सैजु डेरी प्रालिका जेनन सैजु, मदानी डेरी प्रालिका माधव दाहाल, एनएमसी डेरी उद्योगका रामचन्द्र उप्रेती, पंचशिल डेरी प्रालिका पुष्पराज बस्नेत र कालिका डेरी प्रालिका शिवप्रसाद त्यात चयन भएका छन् ।