नेशनल लाइफ इन्स्योरेन्स ३९औं वर्षमा प्रवेश, बीमितमैत्री बीमा सेवा र उच्च प्रतिफल दिने प्रतिवद्धता

नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले ३९औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई शैक्षिक सामाग्री वितरण सहित त्यहाँ रहेका बालबालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत गरेको थियो ।

काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले ३९औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । काठमाण्डौ स्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पु¥याउन मुख्यभुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमितवर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सवैप्रति आभार व्यक्त गरिन् । उनले सेवाग्राहीहरुलाई उच्चस्तरिय तथा सर्व सुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवद्र्धनगर्ने उद्देश्य अनुरुप कर्मचारीहरुलाई प्रविधिमा थप दक्ष बनाउने तर्फ कम्पनीले विशेष ध्यान दिँदै आएको र यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीहरुलाई आर्टिफिसियल इण्टिलिजेन्स सम्वन्धि विस्तृत तालिम प्रदान गरिएको बताइन् ।

सो समारोहमा, प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसादखत्रीले कर्मचारी, अभिकर्ता बीमित, लगायत सरोकारवाला सबैको प्रत्यक्षअप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भावप्राप्त रहने विश्वास व्यक्त गरे । सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई शैक्षिक सामाग्री वितरण सहित त्यहाँ रहेका बालबालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत गरेको थियो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०४४ साल फागुन १० गतेदेखि कारोबार सुरु गरेको थियो । झण्डै चार दशकदेखि जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।