हिमालयन रिइन्स्योरेन्सका कामु सीईओ मुकेशकुमार कपुरद्वारा राजीनामा, नियुक्ति भएको एक सातामै छोडे पद

उनले असार ८ गते सोमबार आफ्नो नायब प्रमुख कार्यकारी अधिकृत तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीका कायममुकायम ९कामु० प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेशकुमार कपुरले एक सातामै राजीनामा दिएका छन् ।

एक साता अघि कपुर हिमालयन रिको कायममुकायम सीईओमा कपुर नियुक्त भएका थिए ।

तर, उनले असार ८ गते सोमबार आफ्नो नायब प्रमुख कार्यकारी अधिकृत तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् । उनले एक सातामै किन राजीनामा दिए भन्ने खुलेको छैन । यसअघि उक्त कम्पनीको सीईओ उपासना पौडेल थिइन् । पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि कम्पनीमा कार्यरत कपुरलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।