नेपाल रि- इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी दामोदर भण्डारीलाई

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) मा निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दामोदर भण्डारीलाई दिइएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

नेपाल रि का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतमा अभियोगपत्र दायर भएपछि स्वतः निलम्बनमा परेका छन् । सोही कारण कम्पनीको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय कार्य सञ्चालनका लागि भण्डारीलाई जिम्मेवारी दिइएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार अभियोगपत्र दायर गरेको थियो।

तत्कालीन सरकारले थापालाई २०८१ जेठको दोस्रो साता नेपाल रिको सीईओमा नियुक्त गरेको थियो।