हिमालयन रिइन्स्योरेन्सको कामु सीइओको जिम्मेवारी मुकेश कुमार कपुरलाई
हिमालयन रिइन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) मुकेश कुमार कपुरलाई कायममुकायम सीइओको जिम्मेवारी दिएको छ ।
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) मुकेश कुमार कपुरलाई कायममुकायम सीइओको जिम्मेवारी दिएको छ ।
कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले कपुरलाई सोही मितिदेखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) को जिम्मेवारी दिने निर्णय गरेको हो।
कपुर सन् २०२१ देखि हिमालयन रिइन्स्योरेन्समा डीसीइओका रूपमा कार्यरत छन् । पुनर्बीमा क्षेत्रमा लामो अनुभव बटुलेका उनी अब कम्पनीको दैनिक सञ्चालन तथा व्यवस्थापनको नेतृत्वमा रहनेछन् ।
यसअघि कम्पनीकी सीइओ उपासना पौडेल आर्थिक हिनामिना प्रकरणमा मुछिएपछि विवादमा तानिएकी थिइन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा समेत विशेष अदालतमा दायर भइसकेको छ। हाल उनी फरार फरार छिन् ।