लिचिबारी जग्गाको घुस प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग २५ लाख धरौटी लिएर रिहा गर्न आदेश
आइतबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठसँग २५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । श्रेष्ठ आइतबार अदालतमा हाजिर भएकी थिइन् ।
पोखराको लिचिबारी जग्गाको घुस प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग अदालतले २५ लाख रूपैयाँ धरौटी माग गरेको छ ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले श्रेष्ठसँग २५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । श्रेष्ठ आइतबार अदालतमा हाजिर भएकी थिइन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित ७ जनाविरूद्ध असोज २२ गते मुद्दा दर्ता गरेको थियो ।
यही प्रकरणमा पूर्वमन्त्री गुप्ता भने विशेष अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् ।