सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रबाट २ करोड ६९ लाख बराबरको भेप बरामद
इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो जाँच गर्ने क्रममा ७ हजार ७ सय थान भेप फेला पारेको हो ।
काठमाडौँ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ खाग्दल स्थित चेकजाँचका क्रममा २ करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो जाँच गर्ने क्रममा ७ हजार ७ सय थान भेप फेला पारेको हो ।
अवैध रूपमा पैठारी गरी ल्याइएको उक्त भेपको अनुमानित मूल्य २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ । बरामद भेप, चालक जिल्ला सिन्धुपाल्चोक, जुगल गाउँपालिका-४ बस्ने ३६ वर्षीय रामकुमार श्रेष्ठ र बोलेरो गाडीलाई आवश्यक कारबाहीका लागि भोटेकोशी गाउँपालिका-३ स्थित ड्राइपोर्ट भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।