जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साउन १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले निष्काशन गरेको हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयरमा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ। असार ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल छ। हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।