एभरेष्ट कलरको आइपीओ बाँडफाँट, ६५ हजार ५७० जनाले पाए १० कित्ता सेयर
सो निष्काशनमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि आवेदन परेको थियो ।
काठमाडौं । एभरेष्ट कलरको आइपीओ आज असार ४ गते बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय आज बिहान आइपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ६५ हजार ५७० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । आइपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटसँगै सीडीएससीको ‘मेरो सेयर’ र iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ ।