कृषिमन्त्री अधिकारीसँग डब्लूएफपीका लोधीले गरे भेटवार्ता, सहयोगलाई निरन्तर दिने प्रतिबद्धता
काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले खाद्य तथा पोषणका क्षेत्रमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
डब्लूएफपी नेपालका प्रतिनिधि रियाज लोधीले बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँगको भेटमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका हुन् । उनले मन्त्रालयले लिएको लक्ष्य प्राप्तिमा निरन्तर सहयोग गर्ने बताए ।
लोधीले जलवायु परिवर्तनका कारण खाद्य र पोषणका क्षेत्रमा पारेको प्रभाव न्युनीकरण गर्न मन्त्रालयको प्राथामिकताका आधारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री अधिकारीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
मन्त्री अधिकारीले खाद्य पदार्थमा पौष्टिक तत्व स्तरोन्नति तथा स्थानीय रैथाने खानेकुराको प्रवर्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताएका थिए ।