सुनको मूल्य ३ सयले बढ्दा चाँदी २५ रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको ३ सयले बढेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भएको थियो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको ३ सयले बढेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९८ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर तोलाको ४ हजार ९९० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।