सुनचाँदीको मूल्यमा गिरावट: सुन तोलाको १ हजार र चाँदी ३५ रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मुल्य तोलाको १ हजारले घटेर तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । बिहिबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मुल्य तोलाको १ हजारले घटेर तोलाको २ लाख ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर तोलाको ४ हजार ९४५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ९८० मा कारोबार भएको थियो ।