सुनचाँदीको मूल्यमा वृद्धि: सुन तोलामा ६ सय र चाँदी ५० रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ६ सयले बढेर २ लाख ८७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ६ सयले बढेर २ लाख ८७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ४ हजार ६९० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ६४० मा कारोबार भएको थियो ।