धादिङ बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन
गृह मन्त्रालयले नेपालको धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । ठुलो जनधनको क्षति भएपछि मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले तथ्यगत अध्ययन गरी प्रतिवेदन पेस गर्ने उद्देश्यसहित छानबिन समिति गठन गर्ने निष्कर्ष निकालेको हो ।
काठमाडौँ । गृह मन्त्रालयले नेपालको धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । ठुलो जनधनको क्षति भएपछि मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले तथ्यगत अध्ययन गरी प्रतिवेदन पेस गर्ने उद्देश्यसहित छानबिन समिति गठन गर्ने निष्कर्ष निकालेको हो ।
आइतबार राति बेनिघाट रोराङ्ग गाउँपालिका- ५ स्थित भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खसेको पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
१७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापछि गृहमन्त्री ओम प्रकाशसहित सरोकारवाला निकायबीच बैठक बसेर छानबिन समिति बनाउने निर्णय गरिएको हो ।
दुर्घटनामा घाइते २६ जनाको कलंकीस्थित नेशनल अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।