गुहेश्वरी मर्चेन्ट बैंकिङको सीईओमा जलज कुमार नियुक्त

अधिकारी यसअघि महालक्ष्मी विकास बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । खराब कर्जा बढेपछि गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स वित्तीय दबाबमा छ ।

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने जनाइएको छ । 

अधिकारी यसअघि महालक्ष्मी विकास बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । खराब कर्जा बढेपछि गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स वित्तीय दबाबमा छ ।

नवनियुक्त सीईओ अधिकारीसँग वित्तीय संस्था र विकास बैंकमा दुई दशकभन्दा लामो समय काम गरेको अनुभव छ । महालक्ष्मी फाइनान्सको शाखा प्रबन्धकबाट वित्तीय क्षेत्रमा प्रवेश गरेका अधिकारी महालक्ष्मी फाइनान्स अन्य वित्तीय संस्थासँग मर्ज भएर महालक्ष्मी विकास बैंकमा परिणत हुँदासम्म विभिन्न पद र जिम्मेवारीमा रहेर कार्यरत थिए ।