समृद्धि फाइनान्ससँग मर्ज हुने भएपछि पोखरा फाइनान्स राष्ट्र बैंकको कारवाहीबाट मुक्त

एकीकृत कारोबार हुने मितिबाट शीघ्र सुधारात्मक कारवाही फुकुवा लागू हुने

राष्ट्र बैंकले पोखरालाई समृद्धि फाइनान्ससँग गाभ्ने/गाभिने प्रक्रियाका लागि अन्तिम स्वीकृती दिएको थियो ।समृद्धि फाईनान्ससँग मर्ज भएर एकीकृत कारोबार सुरु भएको दिनबाट शीघ्र सुधारात्मक कारवाही फुकुवा लागू हुनेछ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारवाहीबाट मुक्त गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको जनाएको छ । यसअघि राष्ट्र बैंकले पोखरालाई समृद्धि फाइनान्ससँग गाभ्ने/गाभिने प्रक्रियाका लागि अन्तिम स्वीकृती दिएको थियो । समृद्धि फाईनान्ससँग मर्ज भएर एकीकृत कारोबार सुरु भएको दिनबाट शीघ्र सुधारात्मक कारवाही फुकुवा लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘पोखरा फाइनान्स लिमिटेड, पोखरा, कास्कीको २०८० पुष मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन तथा आ.ब. २०८१/८२ को पहिलो त्रयमासको गैरस्थलगत विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पश्चात् यस बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात भन्दा अत्यन्त न्यून देखिएकोले मिति २०८१/१०/२३ को पत्रानुसार त्यस संस्थालाई नेपाल राष्ट्र बैंकले, बैंकले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिम कारवाही गरिएको र समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एक आपसमा गाभ्ने/गाभिने प्रयोजनार्थ समितिको मिति २०८३/१/१७ को निर्णयबाट अन्तिम स्वीकृति प्रदान भए पश्चात् त्यस संस्थाको २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा कायम हुने संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र पुँजीकोष अनुपात १०.८० प्रतिशत रहने देखिएकोले समितिको मिति २०८३/३/१० को निर्णयबाट समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग एकीकृत कारोबार शुरु हुने मिति देखि लागू हुने गरी पोखरा फाइनान्स लिमिटेडलाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको कारवाही फुकुवा गरिएको छ ।’


प्रकाशन भएका दस्तावेजहरू

6a3e28f0eb8d3_1782458608.pdf