रिलायबल नेपाल लाइफको १२ प्रतिशत नगद लाभांश

पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।