राष्ट्रिय बीमा कम्पनीको अध्यक्षमा निर्मल ढकाल, लिए शपथ

कात्तिक १४ गतेको सरकारको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक ढकाललाई राष्ट्रिय बीमा कम्पनीको अध्यक्ष्य नियुक्त भएका थिए ।

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन् । सोमबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले समक्ष अध्यक्ष ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गराका हुन् ।

कात्तिक १४ गतेको सरकारको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका ढकाललाई राष्ट्रिय बीमा कम्पनीको अध्यक्ष्य नियुक्त भएका थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठलगायत पदाधिकारीहरू उपस्थित रहेको थियो ।