मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

समायोजनपश्चात बैंकको सेयर मूल्य ३८३ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य (बिहीबार प्रतिकित्ता ४३५ रुपैयाँ ५० पैसामा कारोबार) का आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको १३.५३ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको सेयर मूल्य ३८३ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य (बिहीबार प्रतिकित्ता ४३५ रुपैयाँ ५० पैसामा कारोबार) का आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा बैंकको सेयर कारोबार खुल्नेछ ।

बैंकले कात्तिक १५ गते, शनिबार, होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरमा बिहान १० बजे उन्नाइसौँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्यिारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।