नेप्से २२.८५ अंकले बढ्दा कारोबार रकम पनि बढ्यो, धेरै कारोबार हुने ५ कम्पनीमा ४ वटा बैंक
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ । हिजो बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँमा किनबेच भएका छ ।
शुक्रबार स्नो रिभर्स लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १३.६६ प्रतिशतले बढेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत तथा मैलुङ खोला जलविद्युत् कम्पनीको करिब ९ प्रतिशतले बढेको छ । यता ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शुक्रबार कुमारी बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ । शुक्रबार कारोबारमा आएको मध्य १९७ कम्पनीके सेयर म्रल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
