दलहरूलाई निर्वाचन आयोगले भन्यो- तोकिएको समयमै चुनाव हुन्छ, सबै सहभागी हुनुहोस्
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दल र आयोगका पदाधिकारीबीच बिहीबार छलफल पछि आयोगले चुनावमा भाग आब्ह्वान गरेको हो ।
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावमा भाग लिन राजनीतिक दलहरूलाई आब्ह्वान गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दल र आयोगका पदाधिकारीबीच बिहीबार छलफल पछि आयोगले चुनावमा भाग आब्ह्वान गरेको हो । बैठकमा दलका प्रतिनिधिहरूले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्बद्ध पक्षसँग निरन्तर छलफल गर्न सुझाएका आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले शान्ति सुरक्षाको उचित प्रवन्ध गरी राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र मतदातालाई निर्भयपूर्वक सहभागी हुने वातारण बनाउनुपर्नेमा उनीहरूको जोड छ ।