विश्वविद्यालयहरु दशैं/तिहार पछि खुल्ने, त्रिभुवन विश्वविद्यालय कात्तिक ११ सम्म बन्द
काठमाडौं । विश्व विद्यालयहरु अब दशैं÷तिहार पछि मात्रै खुल्ने भएका छन् । देशमा विषम परिस्थिति भएको भन्दै दशैं विदा सुरु हुने केही दिन अघि देखी नै पठनपाठन बन्द भएको सूचना जारी गर्न थालेका हुन् । सामान्यतया विद्यालय तथा विद्यालय र न्यायलयहरु घटस्थापनादेखी बन्द हुने गर्दछन् । सामान्यतया दशैं सकिएसँगै न्यायलयहरु खुले पनि विद्यालय र विद्यालयहरु छठ पर्वपछि खुल्ने गरेको पाईन्छ ।
त्रिभुवन विश्व विद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन बन्द गरेको छ ।
मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ११ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो ।
रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा हिउँदे बिदाबाट कटौती गर्नेगरि कात्तिक ११ गतेसम्मका बिदाहरू मिलाइएको जनाइएको छ ।