भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा
काठमाडौं । भाइटीकाकै दिन आज काठमाडौंमा असिनासहित भारी वर्षा भएको छ। भाइटीका लगाउने र टीका थाप्न जाने तयारीमा रहेका सर्वसाधारणलाई वर्षाले प्रभावित बनाएको छ।वर्षासँगै परेको असिनाले उपत्यकाको मौसम चिसिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विभागले बुधबार दिउँसो बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो ।