दुग्ध किसानको बक्यौता तत्काल उपलब्ध गराउन प्रचण्डकाे सरकारसँग माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुग्ध किसानको बाँकी बक्यौता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

साथै उनले दुग्ध किसानका मागमा आफ्नो पार्टीका तर्फबाट सधैं ऐक्यबद्धता जनाउने बताए । मंगलबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारले उखु किसानहरूलाई दिने भनेको अनुदान रोक्ने र तोकेको अनुदान पनि घटाउने निर्णय गरेको सरकारले दूध किसानहरूको रकम पनि समयमै भुक्तानी गर्न सकेको छैन ।’ किसानहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु सरकारको असक्षमता र अकर्मण्यताको प्रमाण भएको उनको आरोप छ ।