एनआइएमबी एस क्यापिटल, पायोनियर ल एसोसिएट्स र इक्रा नेपालद्वारा ‘रोड टु आईपीओ’ कार्यक्रम सम्पन्न

विज्ञापन
ncell

काठमाडाैं । एनआइएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एसोसिएट्स र इक्रा नेपालसँगको सहकार्यमा २९ अगस्त २०२५ मा होटल एलफ्ट मा ‘रोड टु आईपीओ’ नामक कार्यशाला सफलतापूर्वक आयोजना गरेको छ । उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रकृयामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन एमआइएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेलले गरेका थिए । उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दिर्घकालिन रणनीतिलाई आकार दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए ।

पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे । 

एनआइएमबी एस क्यापिटलका डीसीईओ सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्कासन गर्न उपयुक्त समय, निष्कासन विधिहरु, पुँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे । 

यसका अतिरिक्त इक्रा नेपालका रेटिङ डिभिजनका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्नेबारेमा प्रस्तुत गरे ।