नेप्से २५.५५ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार

विज्ञापन
ncell

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेर रोकिएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ४.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ अंक बढेको छ । आज ३३६ कम्पनिका एक करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ मा कारोबार भएको थियो । आज, सबैभन्दा बढी इन्फिनिटी लघुवित्तको शेयर ६.४३ प्रतिशतले बढेको छ भने त्रिशुली जलविद्युतको शेयर ६.३८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ८.२३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकोको २४ करोड ९० लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जी २३ करोड ८४ लाख बराबरको कारोबार भएको छ । 

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ ।