स्नो रिभर्सले १० प्रतिशत बोनस सेयर दिने,असोज २१ गते साधारण सभा
कम्पनीको चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशतका दरले ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको हो ।
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले लाभांश वितरण प्रस्ताव स्वीकृतिका लागि आगामी असोज २१ गते साधारण सभा बोलाएको छ ।
कम्पनीको चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशतका दरले ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको हो ।
त्यस्तै, चुक्ता पुँजीको ०.५२६३ प्रतिशतका दरले ४९ लाख ३४ हजार ६२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त नगद लाभांश लाभांश कर प्रयोजनका लागि वितरण गरिने कम्पनीले जनाएको छ ।
साधारण सभाबाट प्रस्ताव स्वीकृत भएपछि मात्र सेयरधनीहरूले उक्त बोनस सेयर तथा नगद लाभांश प्राप्त गर्नेछन् ।