कालिञ्चोक दर्शनले गर्यो लाभांश घोषणा

विज्ञापन
ncell

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ २४ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।