सर्वोच्चका न्यायाधीशद्वय शर्मा र मुसलमानको इजलासमा बिमा प्राधिकरणका अध्यक्ष ओझाको पेशी

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय डा।मनोजकुमार शर्मा र अव्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज गर्न र निलम्बनमा फुकुवाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले अध्यक्ष ओझालाई निलम्बन गरेर छानविनका लागि समिति गठन गरेपछि ओझा अन्तरिम आदेश माग्दै सरकारविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

अध्यक्ष ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, छानबिन समिति, समितिका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् ।