हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल

फुयाँल यसअघि सान नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत थिए ।

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतकोको जिम्मेवारी कवि फुयाँलले पाएका छन् ।

कम्पनीको गत असोज १३ गते बसेको सञ्चालक समिति बैठकले असोज २६ गतेदेखि लागू हुने गरी फुयाँललाई कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ ।

फुयाँल यसअघि सान नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत थिए । त्यहाँबाट हिमालयन लाइफ इन्स्योरेन्समा आएका उनी नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहँदै आएका थिए ।

कम्पनीको सञ्चालक समितिको निर्णयसँगै फुयाँलले अब हिमालयन लाइफ इन्स्योरेन्सको नेतृत्व सम्हाल्नेछन् ।