एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्त पुनः नियुक्त

उनको नयाँ कार्यकाल २०८३ असोज २४ गतेदेखि २०८७ असोज २३ गतेसम्म रहने कम्पनीले जनाएको छ ।

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन् । असोज १६ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई आगामी चार वर्षका लागि सीइओ मा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।

पन्तको वर्तमान पदावधि असोज २३ गते सकिँदै छ । उनको नयाँ कार्यकाल २०८३ असोज २४ गतेदेखि २०८७ असोज २३ गतेसम्म रहने कम्पनीले जनाएको छ ।