नेशनल लाईफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

विज्ञापन
ncell

उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदिमा आएको गेग्रान सहितको भिषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

यसका साथै, कम्पनीले बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुने उद्धार तथा राहत कार्यमा सक्रियताका साथ खटिन आफ्ना सम्पूर्ण कर्मचारी एवं अभिकर्ताहरूलाई आह्वानसमेत गरेको छ ।