नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट

विज्ञापन
ncell

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले चितवनको भरतपुरस्थित मनकामना अस्पताल प्रा।लि।बाट उपलब्ध हुने स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन् ।

यससम्बन्धी सम्झौतामा नागरिक लगानी कोषका निर्देशक हेमन्त पोखरेल र मनकामना अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले अस्पतालका स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउनेछन्। यसका अतिरिक्त अस्पतालले उपलब्ध गराउने सिटी स्क्यान र अपरेशन सेवामा थप १०/१० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट समेत प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

छुट सुविधा लिनका लागि कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ। सहभागीहरूले कोषमा आबद्ध भएको प्रमाणपत्र वा आफ्नो पहिचान खुल्ने अन्य आवश्यक कागजात पेस गरेपछि उक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौताले नागरिक लगानी कोषसँग आबद्ध व्यक्ति तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।