नेपाल वित्तीय संस्था संघको अध्यक्षमा रजोज मान श्रेष्ठ
काठमाडौंमा सम्पन्न संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमितिको अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र महासचिवमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी चयन भएका छन् ।
साधारण सभामा संघले हालसम्म गरेका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ कार्यसमितिले वित्तीय संस्था क्षेत्रका साझा मुद्दा तथा हितका विषयमा संघको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
