सन नेपाल लाइफका सीइओ अर्यालले ४ महिनापछि सम्हाले जिम्मेवारी

विज्ञापन
ncell

कर्मचारीका लागि आरक्षित ४ लाख ९० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेको आरोप लागेका अर्याललाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हिरासतमा राख्न दोस्रो पटक म्याद थप गर्न गरिएको माग अस्वीकार गरेको थियो ।

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल ४ महिनापछि काममा फर्किएका छन् । बिहीबार बसेको सञ्चालक समितिले अर्याललाई पूर्ववत् काममा फर्किन अनुमति दिएको थियो । एको कम्पनीले जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अर्यालविरुद्धको मुद्दा चलाउन अनुसन्धान प्रतिवेदन नबुझाएपछि काममा फर्किएका हुन् ।

सीआईबीले गत चैत १६ गते पक्राउ अर्याल चैत २६ गते रिहा भएका थिए । कर्मचारीका लागि आरक्षित ४ लाख ९० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेको आरोप लागेका अर्याललाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हिरासतमा राख्न दोस्रो पटक म्याद थप गर्न गरिएको माग अस्वीकार गरेको थियो । अर्याल सन नेपाल लाईफ इन्स्योरेन्स सञचालन देखि नै कम्पनीमा संलग्न छन् ।


प्रकाशन भएका दस्तावेजहरू

6a75880ea3e02_1786087438.pdf