आशा लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

आइतवार कायम कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ११९४ रुपैयाँको आधारमा नेप्सेले बोनस सेयरपछिको मूल्य प्रतिकित्ता १०९०.४१ रुपैयाँ तोकेको हो ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आशा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ९.५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो । आइतवार कायम कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता १ हजार १९४ रुपैयाँको आधारमा नेप्सेले बोनस सेयरपछिको मूल्य प्रतिकित्ता १ हजार ८० रुपैयाँ तोकेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट बोनस सेयरसँगै कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस ४ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते एक दिन बुक क्लोज गर्न लागेकाले मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन सक्नेछन् ।