आईपीओ निष्काशन गर्दै भिजन लुम्बिनी, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

काठमाडौं । भिजन लुम्बिनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरिसकेको जनाएको छ । 

यस सम्बन्धमा कम्पनीले बिहीबार क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल कायम रहेको जारी पूँजीको २० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । अर्थात १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण शेयर आईपीओ निष्काशन गर्न लागेको हो ।