राजस्वमा उच्च योगदान पुर्‍याएको भन्दै भाटभटेनीलाई सरकारको विशेष सम्मान

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आन्तरिक राजस्व विभागले भाटभटेनीलाई विशेष कदरपत्र प्रदान गरेको हो । मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीलाई कदरपत्र प्रदान गरेका थिए ।

काठमाडौं । प्रतिकूल परिस्थितिमा पनि व्यवसायलाई निरन्तरता दिँदै राज्यको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आन्तरिक राजस्व विभागले भाटभटेनीलाई विशेष कदरपत्र प्रदान गरेको हो । मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीलाई कदरपत्र प्रदान गरेका थिए ।

भाटभटेनीका तर्फबाट मीनबहादुर गुरुङकी श्रीमती साबित्रा गुरुङले उक्त सम्मान ग्रहण गरेकी थिइन् । विभागले चुनौतीपूर्ण अवस्थाका बीच पनि व्यावसायिक गतिविधिलाई निरन्तरता दिँदै मुलुकको राजस्वमा उच्च योगदान गरेको भन्दै भाटभटेनीको उद्यमशीलताको प्रशंसा गरेको हो । सोही कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी कर दाखिला गर्ने व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरिएको छ ।