३०० रुपैयाँको चिउरा किनेका राम श्रेष्ठले जिते १० लाख

उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को चिउरा किनेका थिए ।

काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यसपटक भक्तपुर सूर्यविनायकका राम श्रेष्ठले १० लाख उपहार जितेका छन् । उनले ३०० रुपैयाँको चिउरा किन्दा १० लाख उपहार पाएका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को चिउरा किनेका थिए ।

करदाता प्राेत्साहन कार्यक्रमअन्तर्गत कार्तिक १६ देखि ३० सम्मकाे काराेबारमा उनी विजेता बन्न सफल भएका हुन्। सरकारले करदाता प्रोत्साहन कार्यक्रम गत साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो ।