राष्ट्र बैंकले रिक्त पदमा पदपूर्तिका लागि कात्तिक २७ मा दरखास्त आह्वान गर्ने

बैंकको मानव संसाधन व्यवस्थापन विभागले विशेष सूचना जारी गर्दै दरखास्त आह्वानसम्बन्धी जानकारी कात्तिक २७ गते बैंकको वेबसाइट, इन्ट्रानेट तथा सूचनापाटीमार्फत सार्वजनिक गरिने जनाएको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत रिक्त रहेका पदमा कर्मचारी भर्नाका लागि कात्तिक २७ गते दरखास्त आह्वान गर्ने भएको छ ।

बैंकको मानव संसाधन व्यवस्थापन विभागले विशेष सूचना जारी गर्दै दरखास्त आह्वानसम्बन्धी जानकारी कात्तिक २७ गते बैंकको वेबसाइट, इन्ट्रानेट तथा सूचनापाटीमार्फत सार्वजनिक गरिने जनाएको हो ।

२०८३ असार मसान्तसम्म रिक्त रहेका प्रशासन तथा प्राविधिक सेवाका पदमा पदपूर्ति गर्न लागिएको बैंकले जनाएको छ । भर्नाका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले विद्युतीय माध्यमबाट आवेदन दिन सक्नेछन् ।

कात्तिक २७ गते गोरखापत्र दैनिक प्रकाशित नहुने भएकाले दरखास्त आह्वानसम्बन्धी विस्तृत सूचना भने कात्तिक २८ गतेको गोरखापत्रमा प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ ।