एनआईसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डको अनुमति

बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डसमक्ष अनुमति माग गरेको थियो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंकलाई हकप्रद सेयर निष्कासन गर्ने स्वीकृति दिएको छ । बोर्डले बैंकलाई हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डसमक्ष अनुमति माग गरेको थियो ।

बोर्डले कात्तिक १७ गते मंगलबार बसेको निर्णयअनुसार बैंकको हकप्रद सेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो । बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एआईएमबी एसीई क्यापिटल लिमिटेडले पाएको छ ।