जीवन बीमा कम्पनीहरुले १ करोड ६२ लाख बीमालेख विक्री गरेर उठाए १ खर्ब १३ अर्ब बीमाशुल्क
प्राधिकरणका अनुसार १४ जीवन बीमा क्रम्पनीले २५ अर्ब ११ करोड ६८ लाख प्रथम र ८५ अर्ब ९४ करोड ११ लाख नबिकरण गरि १ खर्ब ११ अर्ब ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, ३ लघु जीवन बीमा कम्पनीले ५९ करोड ८ लाख ४६ हजार प्रथम र ४ करोड ६६ लाख ७८ हजार नबिकरण गरि ६३ करोड ७५ लाख २५ हजार रुपैयाँ कुल बीमाशुल्क उठाएका छन् ।
काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनासम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब बढी बीमाशुल्क उठाएका छन् । माघसम्म १४ जीवन बीमा कम्पनी र ३ लघु जीवन बीमा कम्पनीले गरि १ करोड ६२ लाख १५ हजार ३ सय ६८ बीमालेख विक्री गर्दै १ खर्ब १३ अर्ब ७१ करोड ४ लाख रुपैयाँ बीमाशुल्क उठाएका हुन् ।
बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको माघको तथ्यांकअनुसार यसबीचमा १७ कम्पनीले २७ अर्ब ७२ करोड २६ लाख रुपैयाा प्रथम बीमाशुल्क र ८५ अर्ब ९८ करोड ७७ लाख ६० हजार रुपैयाँ बीमालेख नबिकरणवापत उठाएका हुन् ।
प्राधिकरणका अनुसार १४ जीवन बीमा क्रम्पनीले २५ अर्ब ११ करोड ६८ लाख प्रथम र ८५ अर्ब ९४ करोड ११ लाख नबिकरण गरि १ खर्ब ११ अर्ब ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, ३ लघु जीवन बीमा कम्पनीले ५९ करोड ८ लाख ४६ हजार प्रथम र ४ करोड ६६ लाख ७८ हजार नबिकरण गरि ६३ करोड ७५ लाख २५ हजार रुपैयाँ कुल बीमाशुल्क उठाएका छन् ।
बीमा कम्पनीहरुको यस्तो छ तथ्यांक