नेपाल लाइफको ‘नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । ‘एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच’ नाराका साथ कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरिएको योजना हो ।
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । ‘एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच’ नाराका साथ कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरिएको योजना हो ।
महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित विशेष योजना हो । यस योजनको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुविधा प्रदान गरिनु, वृद्धिशील मृत्यु लाभः मृत्युमा प्रदान गरिने बीमाङ्क रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको कम्पनीले जनाएको छ ।
नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता पूरक करार सुविधा समेत समावेश गरिएको कम्पनीले जनाएको छ भने यस योजनाले नारीको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा एकैसाथ प्रदान गरी सुनिश्चित भविष्यको सुरुवात गर्ने बताएको छ ।
नेपाली जीवन बीमा जगतमै पहिलो पटक गर्भावस्था स्याहार र गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याएको हो । गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा अनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करार भित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनैपनि जटिलता पुष्टि भएमा एकमुष्ट १ लाख रूपैयाँ तुरुन्तै उपलब्ध हुनेछ ।
गर्भावस्था स्याहार सम्बन्धी अतिरिक्त पूरक करार सुविधा अन्तर्गत बीमा अवधीभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रूपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा ९मुनाफामा सरिक हुने० न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार रूपैयाँ र अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा गर्न सकिनेछ । यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने कम्पनीले जनाएको छ ।