नेशनल लाइफको व्यवसाय १३ प्रतिशत बढ्दा साढे २८ करोड कमायो नाफा, अरु सूचक कस्ता ?
नेशनल लाईफको चुक्ता पुँजी ५ अर्ब ६९ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा ७३ करोड ७१ लाख र जगेडा कोषमा ४ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ । जीवन बीमा कोषको आकार २५.१६ प्रतिशतले बढेर ९७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आवको पुससम्म नेशनलले २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा गत वर्षको सोही अवधिको २७ करोड ९१ लाखको तुलनामा २.७६ प्रतिशतले बढी हो । समीक्ष अवधिमा कम्पनीले १० अर्ब ७३ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको सोही अवधिको ९ अर्ब ४८ करोड ९५ लाखको तुलनामा १३.१५ प्रतिशतले बढी हो ।
यसअवधिक नेशनल लाईफको कुल आम्दानी पनि १३ अर्ब ९ करोड ५७ लाखको तुलनामा ९.३५ प्रतिशतले बढेर १४ अर्ब ३२ करोड १ लाख पुगेको छ । त्यस्तै, कम्पनीको कुल खर्च गत वर्षभन्दा १०.६४ प्रतिशतले बढेर १३ अर्ब ६३ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
नेशनल लाईफको चुक्ता पुँजी ५ अर्ब ६९ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा ७३ करोड ७१ लाख र जगेडा कोषमा ४ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ । यसअवधिमा जीवन बीमा कोषको आकार २५.१६ प्रतिशतले बढेर ९७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
नेशनलको प्रतिसेयर आम्दानी १०.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०३.११ रुपैयाँ छ।